Project Description
जारी गरिएको मिति: २०७५/०३/१७
रिलायन्स जीवन शान्ति बीमा योजना
High coverage at a low premium.
न्युनतम बीमाशुल्कमा धेरै जोखिम बहन गर्नको लागि यो योजनाको सौन्दर्य हो। यो योजना अन्तर्गत तपाईले न्युन बीमाशुल्कमा भविष्यमा आईपर्ने भवितव्य बाट आफ्नो परिवारजनलाई आर्थिक स्थिरता प्रदान गर्न सक्नुहुनेछ।
यो योजनाले तपाईलाई केही भएको खण्डमा तपाईको परिवारजनको जीवन स्तर कायम यथावत् राख्न मद्धत गर्दछ।
जिवित रहदाको सुविधाः नपाइने
मृत्यु भएमा: तोकिएको बीमाङ्क रकम इच्छाइएको व्यक्तिलाई प्रदान गरिनेछ ।
योग्यता:
न्यूनतम बीमाङ्क रकम रु. २,५०, ०००
अधिकतम बीमाङ्क रकम आम्दानी श्रोत र बीमा शुल्क भुक्तान क्षमतामा निर्भर रहने
न्यूनतम प्रवेश उमेर १६ बर्ष
अधिकतम प्रवेश उमेर ६५ बर्ष
न्यूनतम बीमा अवधि ५ वर्ष
अधिकतम बीमा अवधि २५ वर्ष
अधिकतम बीमा समाप्ति उमेर ७० वर्ष
अतिरिक्त सुविधाहरु:
घातक रोग रक्षावरण
यो सुविधा अन्तर्गत बिमितलाई बीमा अवधिमा उल्लेखित घातक रोग मध्ये एक घातक रोगको चिकित्सकीय रुपमा प्रमाणित भएमा बीमितलाई बीमाङ्क बराबरको रकम वा रु. ५० लाख मध्ये जुन कम हुन आउँछ सो एक मुष्ठ प्रदान गरिनेछ ।
दुर्घटना मृत्यु सुविधा
बीमालेख अवधिमा बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा, इच्छयाइएको व्यक्तिलाई बीमाङ्क रकम बराबरको थप रकम वा रु.१ करोड मध्ये जुन कम हुन आउँछ सो रकम भुक्तानी गरिनेछ । यो सुविधा लिनको निम्ति बिमित १६ वर्षको पुगेको हुनु पर्नेछ ।
पूर्ण स्थायी अशक्तता सुविधा
बीमालेख अवधिमा बीमित दुर्घटनाको प्रत्यक्ष कारणबाट पूर्ण स्थायी रुपमा अशक्त भएमा, बीमाङ्क बराबरको रकम १२० मासिक किस्तामा भुक्तानी गरिनेछ । यो सुविधा लिनको निम्ति बिमित १६ वर्षको पुगेको हुनु पर्नेछ ।
बीमाशुल्क छुट सुविधा
बीमालेख अवधिमा बीमित दुर्घटनाको प्रत्यक्ष कारणबाट पूर्ण स्थायी रुपमा अशक्त भएमा, घटना मिति पछि बीमाशुल्क भुक्तानी गर्नु पर्ने छैन ।