प्रेस विज्ञप्ति
रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत
रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले मिति २०७७/०५/०४ देखि २०७७/०५/०८ सम्म सर्वसाधारणमा प्रारम्भिक निष्काशन मार्फत जारी गरी मिति २०७७/०५/१२ गतेका दिन बाँडफाँट गरेको रु. १०० अंकित दरका ६३,००,००० कित्ता साधारण शेयर नेपाल स्टक एक्सचेन्ज लि. (नेप्से) मा सुचिकृत भएको छ । सो समझदारी पत्रमा रिलायन्स लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुली तथा नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री चन्द्र सिंह साउदले हस्ताक्षर गर्नुभयो । रिलायन्स लाइफले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्न, शेयर दाखिल खारेज गर्न, नामसारी गर्न लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही गर्न सनराईज क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको छ । बीमा समितिबाट पछिल्लो समय इजाजतप्राप्त १० नयाँ जीवन बीमा कम्पनीहरु मध्ये सर्वसाधारणमा शेयरको सार्वजनिक निष्काशन गर्ने रिलायन्स लाइफ पहिलो कम्पनी हो ।
मितिः २०७७/०५/२१