प्रेस बिज्ञप्ति
रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले नेपाल स्टारको विजेता लाई एक करोड बराबरको बीमा योजना प्रदान गर्ने
रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले नेपाल स्टारको विजेता लाई एक करोड बराबरको जीवन शान्ति बीमा योजना प्रदान गर्ने भएको छ । यसको अतिरिक्त कम्पनीले दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई पचास लाख बराबरको जीवन शान्ति बीमा योजना प्रदान गर्ने भएको छ । सो सम्बन्धि सम्झौता पत्रमा रिलायन्स लाइफ इन्स्योरेन्स का प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुली र कि एडभरटाजिङ सर्भिस प्रा.लि. का प्रबन्ध निर्देशक श्री रबिन्द्र कुमार रिजाल ले एक कार्यक्रमका बीच हस्ताक्षर गर्नुभएको थियो । सम्झौता कार्यक्रममा कार्यक्रमका नेपाल स्टारका निर्णायक मण्डलका सदस्य वरिष्ठ संगीतकार आलोक श्री र राम कृष्ण ढकाल लगायत कम्पनीका वरिष्ठ पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
मितिः ३०/०८/२०७७