Last updated on अक्टोबर 27th, 2021 at 04:10 बिहान

रिलायन्स ग्रुप टर्म प्लान रोजगारदाताले आफ्ना कर्मचारीहरुको लागि प्रदान गर्ने बीमा योजना हो l यो योजनाले भवितव्यको बेला कर्मचारीका परिवारजनलाई आर्थिक सहयोग प्रदान गर्दछ । न्युनतम बीमा शुल्कमा आफ्ना कर्मचारीको लागि भविष्यमा आइपर्ने भवितव्यबाट सुरक्षित राख्न यो योजनाले मद्धत गर्दछ।
विशेषता:
- बीमा अवधिमा कर्मचारीको मृत्यु भएमा तोकिएको बीमाङ्क रकम इच्छाइएको व्यक्तिलाई प्रदान गरिनेछ ।
- योजनामा कर्मचारीहरु हेरफेर गर्न सकिने l
- यो योजनासंग थप न्युनतम बीमाशुल्कमा दुर्घटना मृत्यु सुविधा, पूर्ण स्थायी अशक्तता सुविधा र घातक रोगहरु विरुद्धको रक्षावरण सुविधा लिन सकिनेछ l
जीवित रहदाको सुविधाः नपाइने
मृत्यु भएमा: तोकिएको बीमाङ्क रकम इच्छाइएको व्यक्तिलाई प्रदान गरिनेछ ।
योग्यता:
न्यूनतम कर्मचारी संख्या १०
न्यूनतम बीमाङ्क रकम रु. ५०, ०००
अधिकतम बीमाङ्क रकम रु २,००,००,०००
न्यूनतम प्रवेश उमेर १६ बर्ष
अधिकतम प्रवेश उमेर ६४ बर्ष
न्यूनतम बीमा अवधि १ वर्ष
अधिकतम बीमा अवधि १ वर्ष
अधिकतम बीमा समाप्ति उमेर ६५ वर्ष