Last updated on फ्रेवुअरी 7th, 2022 at 04:51 बिहान
हाम्रो ’bout
नेपाल, हामी नेपाली हुनुमा गर्व गर्दछौं। हामी हाम्रो ईतिहास, हाम्रो कला संस्कृति र हाम्रो साहसमा गर्व गर्छौ l हामी हाम्रो सरलता र न्यानोपनको लागि परिचित छौं। रिलायन्स लाइफ इन्स्योरेन्स लि. सोहि मूल्य र मान्यतामा संचालित एक अग्रणी जीवन बीमा कम्पनी हो।
रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले आफ्नो व्यवसायिक कारोबार मितिः २०७४।०८।०१ देखि शुरु गरेको हो । हामी हाम्रा ग्राहकहरुलाई आफ्नो योजनाहरु मार्फत जोखिम बहन र वित्तीय स्थिरता प्रदान गर्दै आइरहेका छौं।
हामी ग्राहककेन्द्रित भएर संचालित छौं । हामी हाम्रो ग्राहकहरूको निम्ति जीवनका विभिन्न चरणमा आवश्यकपर्ने बचत र सुरक्षा सेवा प्रदान गर्दछौं। यसको अतिरिक्त हामी ग्राहकहरुका निम्ति प्रतिस्पर्धी शुल्कमा नयाँ योजनाहरु, गुणस्तरीय सेवा, समसामयिक सेवा र झन्झट मुक्त दावी भुक्तानी प्रदान गर्न सदैव तत्पर छौं।
दुरदृष्टी:
- जीवन बीमा क्षेत्रमा पहिलो रोजाईको कम्पनी बन्ने। छौं
ध्येय:
एक विश्वसनीय कम्पनी बन्नुको साथै आफ्नो ग्राहकहरु र उनीहरुको परिवारजनको भविष्य सुरक्षित गरी सम्पत्ति व्यवस्थापनमा सहायता प्रदान गर्ने
लक्ष्य:
- उत्कृष्ट योजना र सेवा प्रदान गर्ने
- विद्युतीय माध्यमहरुको प्रयोग गरी ग्राहक सेवा स्तरमा वृद्धि गर्ने
- सरोकारवालाहरु संग व्यावसायिक सम्बन्ध विस्तार गर्ने
कम्पनीको उद्देश्यहरु:
- ग्राहकहरुलाई सम्पति व्यवस्थापनमा सहायता प्रदान गर्ने
- आफ्ना ग्राहकहरुलाई पर्याप्त जोखिम बहन प्रदान गर्ने
- सरोकारवालाहरुलाई विद्युतीय माध्यमहरुसंग अनुकूलन गर्न सहयोग गर्ने
- रोजगारीको अवसर सिर्जना गर्ने