Last updated on May 31st, 2021 at 08:50 am

सिद्धार्थ बैँक लिमिटेड लगायत नेपालका केही प्रतिष्ठित घरानाहरुद्वारा प्रवद्र्धित रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड (“कम्पनी”)ले मिति २०७४।०८।०१ गतेदेखि विधिवत् रुपमा जीवन बीमा व्यवसाय संचालन गर्दै हाल ८८ वटा शाखा/उपशाखा कार्यालयहरुबाट आफ्ना सेवा प्रदान गर्दै आएको छ । कम्पनीको अधिकृत पूँजी रु. ३ अर्ब र जारी पुँजी रु. २ अर्व १० करोड रहेकोमा जारी पूँजीको ३० प्रतिशतको हुन आउने रकम रु. ६३ करोड बराबरको शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशनका लागि छुट्याइएको छ ।

यसै सम्बन्धमा सर्वसाधारणका लागि जारी गरिने रु.६३ करोड रकम बराबरकोे शेयरको सार्वजनिक निष्काशन सम्बन्धि सम्पूर्ण कार्य निष्काशन तथा बिक्री प्रबन्धको रुपमा गराउनका लागि रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा क्यापिटल लिमिटेड बीच सम्झौता भएको छ । सो सम्झौतामा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुली र सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनिष नारायण जोशीले हस्ताक्षर गर्नुभएको छ ।