Last updated on May 31st, 2021 at 08:38 am

प्रेस विज्ञप्ति
विषय: तेस्रो वार्षिकोत्सवको सु—अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

रिलायन्स लाइफ इन्स्योरेन्स लि. को तेस्रो वार्षिकोत्सवको सु–अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको कर्पोरेट कार्यालय सहित देशभर रहेका छेत्रीय कार्यालय र शाखा÷उप—शाखा गरी ११ स्थानमा सम्पन्न सो रक्तदान कार्यक्रममा जम्मा ३७९ जनाले रक्तदान गरेका थिए । हाल कोभिड—१९ बाट उत्पन्न विषम परिस्थितिमा चरम रक्त अभावलाई मध्यनजर गर्दै कम्पनीले आफ्नो तेस्रो वार्षिकोत्सवको सु–अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सो रक्तदान कार्यक्रम देशभर संचालन गरेको हो । उक्त कार्यक्रममा कम्पनीका संचालक, शेयरधनी, रिलायन्स साथी, संघ संस्थाका प्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको राम्रो उपस्थिति रहेको थियो ।

मितिः२०७७/०८/१०