News & Notices
रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

 Aug 16, 2019

     प्रेस विज्ञप्ति
 

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २०७६ साल श्रावण ३१ गते शुक्रबारका दिन आफ्नो दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाका अध्यक्ष श्री ताराचन्द केडिया ज्यूले साधारण सभाको अध्यक्षता ग्रहण गरीे आ.व.२०७४÷७५ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । कम्पनीका अन्य संचालकहरुमा श्री भरत कुमार तोदी, श्री जगदीश कुमार अग्रवाल, श्री अमित कुमार बेगानी तथा श्री सुन्दर प्रसाद कडेल हुनुहुन्छ । सो सभाले सञ्चालक समितिको आ.व. २०७४÷७५ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०७४÷७५ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु, कम्पनीको आ.व.२०७५÷०७६ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको परिश्रमिक निर्धारण गर्ने तथा सर्वसाधारणका लागि शेयर (IPO) निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।


सिद्धार्थ बैँक लिमिटेड लगायत नेपालका केही प्रतिष्ठित घरानाहरुद्वारा प्रवद्र्धित रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड (“कम्पनी”)ले मिति २०७४।०८।०१ गतेदेखि विधिवत् रुपमा जीवन बीमा व्यवसाय संचालन गर्दै हाल ८८ वटा शाखा÷उपशाखा कार्यालयहरुबाट आफ्ना सेवा प्रदान गर्दै आएको छ । कम्पनीको अधिकृत पूँजी रु. ३ अर्ब र जारी पुँजी रु. २ अर्ब १० करोड रहेकोमा जारी पूँजीको ३० प्रतिशतको हुन आउने रकम रु. ६३ करोड बराबरको शेयर कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्नेछ । 

मितिः२०७६।०४।३१, शुक्रबार        

Loading…