रिलायन्स लाइफद्वारा रिलायन्स मुद्धती निक्षेप सुरक्षा योजना सार्वजनिक

लायन्स लाइफ इन्स्योरेन्सले मुद्दती निक्षेप सुरक्षा योजना सार्वजनिक गरेको छ । यो बैंकको मुद्दती निक्षेप जस्तै हो, जसमा नियमित वा एकमुष्ठ बीमा शुल्क भुक्तानीे, दोब्बर रक्षावरण, र बीमा अवधिभर बीमाङ्कको बाषिर्क ५ प्रतिशतको दरले रकम फिर्ता पाइने जस्ता सुविधाहरु छन् ।

 

यसको अतिरिक्त बीमा चालू रहेको अवस्थामा बीमितको मृत्यु भएमा कुल बीमाङ्क वा बीमाङ्कको दोब्बर रकम -बाषिर्क भुक्तानी गरिसकेको रकम नकटाई) र बोनस एकमुष्ठ रुपमा भुक्तानी गरिनेछ । अन्य अवस्थामा बीमा अवधिको समाप्तिमा बाँकी बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ठ रुपमा बीमितलाई भुक्तानी गरिने विशेषता रहेको छ ।

बीमालेखको निरन्तरता रहुन्जेलसम्म सुरक्षाको साथै वाषिर्क रुपमा निश्चित रकम प्राप्त हुने हुँदा भविष्यमा आइपर्ने बित्तीय आवश्यकताहरु पूरा गर्न एक उत्तम विकल्पको रुपमा कम्पनीले यो योजना लिएर आएको छ ।

 

Loading…