रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड. को ६ शाखाहरुको समुद्घाटन सम्पन्न

१४ फाल्गुन २०७५

प्रेस बिज्ञप्ति
रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड. को ६ शाखाहरुको समुद्घाटन सम्पन्न

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड. ले हालै इटहरी, विराटनगर, धरान, दमक इलाम, र बिर्तामोड गरी ६ वटा शाखाहरुको समुद्घाटन सम्पन्न गरेको छ । 

कम्पनीका संचालक श्री भरत कुमार तोदीका साथमा इटहरी शाखाको सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री प्रेम प्रकाश उप्रेतीस विराटनगर शाखाको प्रदेश नं १ का सांसद माननीय श्री अमन लाल मोदी र धरान शाखाको प्रदेश नं १ का उपसभामुख श्रीमती सरस्वती पोखरेलले समुद्घाटन गर्नु भएको थियो । समुद्घाटन   समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री प्रविण रमण पराजुली र नायब कार्यकारी अधिकृत श्री निराजन कँडेल उपस्थित हुनहुन्थ्यो ।
त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली र नायब कार्यकारी अधिकृत निराजन कँडेलका साथमा दमक शाखाको  दमक नगरपालिकाका नगर प्रमुख श्री रोमनाथ ओलीले गर्नुभएको थियो ।
साथै कम्पनीका नायब कार्यकारी अधिकृत निराजन कँडेलका साथमा इलाम शाखाको इलाम नगरपालिकाका नगर प्रमुख श्री महेश बस्नेत र बिर्तामोड शाखाको  बिर्तामोड नगरपालिकाका नगर प्रमुख श्री ध्रुव कुमार शिवाकोटी ले गर्नुभएको थियो ।
समुद्घाटन समारोहमा कम्पनीका पदाधिकारी र स्थानिय बासिन्दाहरुको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।

Loading…