/IPO /
IPO
IPO

प्रेस विज्ञप्ति

रिलायन्स लाइफ इन्स्योरेन्सको प्रारम्भिक शेयर निष्काशनको बाँडफाँड सम्पन्न

रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले मिति २०७७/०५/०४ देखि २०७७/०५/०८ सम्म सर्वसाधारणमा प्रारम्भिक निष्काशन मार्फत जारी गरेको रु. १०० अंकित दरका ५६,७०,००० कित्ता शेयरकोे बाँडफाँड, निष्काशन तथा बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटलमा सम्पन्न भएको छ । कम्पनीको प्रारम्भिक शेयर निष्काशनमा ५,८९,४६४ आवेदकहरुबाट २,२९,२६,०१० कित्ता शेयरको लागि आवेदन परेको थियो । सो मध्ये १९५५ आवेदकहरुकोे ७१,५९० कित्ता शेयरकोे आवेदन रद्द भएका छन् । सो पश्चात् ५,८७,५०९ योग्य आवेदकहरुमा गोलाप्रथाको आधारमा बाँडफाँड गर्दा ५,६७,००० आवेदकहरुलाई आजको मितिमा १० कित्ता शेयर बाँडफाँड गरिएको हो । कम्पनीमा, सो पश्चात् निष्काशित ६३,००,००० कित्ता शेयरमा ५,६७,२४३ शेयरधनी कायम भएका छन्।

मितिः २०७७/०५/१२


IPO Closure Notice 

Published in Karobar Daily on 24th August 2020


Issue Open Notice:

 


 

प्रेस विज्ञप्ति
सर्वसाधारणमा प्रारम्भिक शेयर निष्काशन 

रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले मिति २०७७/०५/०४ गते देखि सर्वसाधारणमा रु.१०० अंकित दरका ६३,००,००० कित्ता शेयरको प्रारम्भिक निष्काशन गर्ने भएको छ । कम्पनीले कुल जारी पुँजीको ३० प्रतिशत अर्थात् रु.६३ करोड रुपैयाँ बराबरको शेयर सार्वजनिक निष्काशन गरे पश्चात् कम्पनीको चुक्ता पूँजी रु.२ अर्ब १० करोड कायम हुनेछ । सो शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लि. रहेको छ । 

सार्वजनिक निष्काशन गरिने ६३,००,००० कित्ता शेयर मध्ये कम्पनीमा कार्यरत कर्मचारीको लागि ३,१५,००० कित्ता शेयर, नेपाल धितोपत्र बोर्ड बाट स्वीकृतिप्राप्त सामुहिक लगानी कोषको लागि ३,१५,००० कित्ता शेयर र बाँकी ५६,७०,००० कित्ता शेयर सर्वसाधरणको लागि निष्कासन गरिनेछ । बीमा समिति बाट पछिल्लो समय इजाजतप्राप्त १० नयाँ जीवन बीमा कम्पनीहरु मध्ये सर्वसाधारणमा शेयरको सार्वजनिक निष्काशन गर्ने रिलायन्स लाइफ पहिलो कम्पनी हुनेछ । कम्पनीले बजारको माग अनुरुप नयाँ तथा उत्कृष्ट बीमा योजनाहरु प्रतिस्पर्धात्मक बीमा शुल्कमा ल्याई आफ्नो सेवाको गुणस्तरलाई उच्च राखी कार्य गरिरहेको छ । साथै डिजिटाइजेशन लाई समेत आत्मसाथ गर्दै आफ्नो सेवाको गुणस्तर थप वृद्धि गर्न लागि परेको छ ।  

सिद्धार्थ बैँक लि. लगायत नेपालका प्रतिष्ठित घरानाहरुद्वारा प्रवद्र्धित रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले मिति २०७४/०८/०१ गतेदेखि विधिवत् रुपमा जीवन बीमा व्यवसाय संचालन गर्दै हाल १०० वटा शाखा-उपशाखा कार्यालयहरु मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ । शेयर निष्काशन सम्बन्धि बिस्तृत जानकारीको लागि कम्पनीको मिति २०७७/०४/२८ गतेको राष्ट्रिय दैनिकमा (कारोबार राष्ट्रिय दैनिकमा) प्रकाशित आह्वान पत्र वा कम्पनीकोवेबसाइट हेर्नु हुन अनुरोध गर्दछौं ।  


मितिः २०७७/०४/२९                        
 


 

IPO Announcement Notice (आह्वान पत्र)

Published in Karobar Daily on 12th August 2020. 

 

IPO Video Link:

 

 

Loading…